
बुटवल ।
रुपन्देही उद्योग संघको आयोजनामा महिला उद्यमशिलता प्रवद्र्धनमा बैंक तथा वित्तिय संस्थाहरुको भूमिका विषयक अन्तरक्र्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षता, बुटवल उपमहानगरपालिका उपप्रमुख गोमादेवी आचार्यको प्रमुख आतिथ्यता कृषि विकास बैंककी वरिष्ठ अधिकृत सिमा वनको सहजीकरण र महिला उद्यमीहरुको सक्रिय सहभागितामा अन्तरक्र्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।



कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि गोमादेवी आचार्यले महिलाहरुलाई निश्चत घेराबाट बाहिर आई उद्यमशिलता र स्वरोजगारीतर्पm लाग्नुपर्ने बताउँदै स्थानीय सरकारले महिलाहरुको शिप अभिबृद्धि आर्थिक स्तरन्नोती र स्वरोजगारको क्षेत्रमा विभिन्न योजनाहरु तय गरी अघि बढिरहेको समेत बताउँदै महिलाहरुले प्राप्त सहुलियत र सुविधालाई भरपुर प्रयोग गर्न आग्रह गर्नु भएको थियो ।
वहाँले उद्यमशिलता प्रवद्र्धनमा बैंक तथा वित्तिय संस्था, स्थानीय सरकार र निजी क्षेत्र हातेमालो गर्दै आगडि बढ्नुपर्ने समेत बताउनुहुँदै महिलाहरुलाई थुप्रै अवसरहरु श्रृजना हुँदै गएको बताउनु भएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै संघका अध्यक्ष बाबुराम बोहोराले रुपन्देही उद्योग संघले महिलाहरुलाई उद्यमशिलता तर्पm आकर्षित बनाउन, शिप अभिबृद्धि गर्न र स्वरोजगार बनाउन विभिन्न खालका तालिम एवं अन्तरक्र्रियाहरु निरन्तर जारी राखेको बताउनुहुँदै महिला उद्यमीहरुलाई वित्तिय साक्षरताको आवश्यकता महशुस भई यस अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनु भएको थियो ।
संघले महिला उद्यमशिलता विकासका लागि महिला उद्यमी समिति समेत गठन गरी विभिन्न खालका कार्यक्रमहरु आयोजना गर्दै आएको वहाँले बताउनु भयो ।
कार्यक्रममा सहजीकरण गर्नुहुँदै कृषि विकास बैंककी वरिष्ठ अधिकृत सिमा वनले महिला उद्यमशिलता प्रवद्र्धनका लागि सरकारले तय गरेका योजना र बैंक तथा वित्तिय संस्थाहरुले लागू गरिरहेको विभिन्न सुविधाहरु सम्बन्धमा जानकारी गराउनु भएको थियो ।
वहाँले बैंक तथा वित्तिय संस्थाहरुबाट प्राप्त हुने सुविधाहरु सबैको जानकारीमा नआएका कारण सबैको पहुँचमा सुविधाहरु नपुगेको समेत बताउनु्हुँदै समय समयमा अन्तरक्र्रिया तथा प्रशिक्षणमूलक कार्यक्रमहरु आयोजना हुनुपर्ने बताउनु भएको थियो ।
वहाँले सरकारले लागु गरेको सहुलियत कर्जा, उद्यमशिल कर्जा, शैक्षिक प्रमाण पत्र धितो कर्जा, युवा उद्यमी कर्जा लगायतका सुविधाहरु सम्बन्धमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागी महिला उद्यमीहरुले राख्नु भएका विभिन्न जिज्ञासाहरु सम्बन्धमा समेत वहाँले स्पष्ट पार्नु भएको थियो ।
अन्तरक्र्रियामा संघका वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेलले स्वागत गर्नुहुँदै कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो । संघका महिला सचिव माया खनालले संचालन गर्नु भएको कार्यक्रममा महिला उद्यमी समितिका संयोजक शारदा भट्टराईले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु,महिला उद्यमी सदस्य एवं विभिन्न पेशा व्यवसायमा संलग्न महिला उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।









