
भैरहवा ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्नो ११ औं बार्षिक उत्सवको अवसर पारी बृद्धआश्रममा खाद्यन्न वितरण गरेको छ ।
संस्थाको ठूठिपिपल शाखाले भैरहवामा रहेको सत्य साई बृद्धाश्रममा बस्ने बृद्ध आमा बुवाको लागी बार्षिक उत्सवको अवसर पारी ६ हजार रुपैया बराबरको खाद्यन्न वितरण गरेको निमित्त शाखा प्रमुख राम मिलन पासीले बताए ।



बृद्धाश्रमका सञ्चालक माया खरेललाई उक्त सामाग्री प्रदान गरिएको उनले बताए ।
बुटवलमा केन्द्रिय कार्यालय रहेको जनउत्थानको १९ जिल्लामा गरि ३९ वटा शाखा रहेको कनिष्ठ सहायक तारापति पौडेलले बताए ।
२०७४ सालमा स्थापना भएको संस्थामा १ हजार १ सय ८२ जना सदस्य रहेका छन् ।









