
बुटवल ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुनःस्थापित संसदलाई विघटन गरी मध्यावधि निर्वाचनमा जाने खेल भइरहेको बताएका छन् ।
संसद सुचारु रुपमा चल्नुपर्ने भए पनि त्यसो नभएको बताउँदै उनले जसरी पनि संसद विघटन गराइछाड्ने खेल भएको दाबी गरे ।



राष्ट्रिय जनमोर्चा नेपालको बुटवलमा सम्पन्न चौथौ राष्ट्रिय सम्मेलनबाट पारित घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा बोल्दै केसीले संसद खरिद विक्रि गर्ने खेल भइरहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई विजनेश नदिएर काम विहिन बनाएको आरोप लगाए ।
‘फेरी पनि मध्यावधी निर्वाचनमा जाने गतिविधि सुरुभएको छ ।’–केसीले भने जनताले दिएको म्यान्डेट अनुसार २०–२२ महिना पहिले नै निर्वाचानमा जानु गलत हो ।’ मुलुकमा बामपन्थीहरुको बहुँमत हुँदाहुँदै कम्युनिष्टहरुले कुर्सीका लागि झगडा गर्दा मुलुक अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै उनले फेरी पनि बामपन्थीहरुको नेतृत्वमा सरकार गठन हुनुपर्नेमा जोड दिए ।
सरकारबाट प्रधानमन्त्री ओली बहिर्गमन हुनु पर्ने पक्षमा रहेको राष्ट्रिय जनमोर्चाले सरकारमा जाने बारेमा अहिलेसम्म कुनै निर्णय नगरे पनि बामपन्थीहरुले नै सरकारको नेतृत्व गर्नु पर्ने पक्षमा रहेको उनले बताए ।
जनमोर्चाको यही चैत्र २४ गतेदेखि २६ गतेसम्म भएको राष्ट्रिय सम्मेलन १३ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
घोषणा पत्रमा संघीयता खारेजीको मागलाई प्राथमिकताका साथ राखिएको छ । संघीयताकै कारण मुलुकको राजनैतिक अवस्था अहिलेको स्थीतिमा आइपुगेको बताउँदै अध्यक्ष केसीले संघीयताले छोटो अवधिमै आफ्नो स्वरुप देखाउन थालिसकेको बताए ।









