
अनिल खत्री/गुल्मी ।
गुल्मीमा मोटरसाइकल दुर्घटनामा १ जनाको ज्यान गएको छ ।
शुक्रवार राती गुल्मीदरवार गाउँपालिका वडानम्बर–७ मा भएको मोटरसाइकल दुर्घटनामा चालक अन्दाजी ४५ वर्षिय रामबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



गौंडाकोटबाट चारपाला तर्फ जाँदै गर्दा घुम्ती भन्ने स्थानमा लु २३ प ५०६७ नम्बरको होन्डासाइन बाईक दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका रामबहादुरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सडक सुरक्षा वालमा ठोक्कीएर सडकबाट मोटरसाइकल तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।









