
प्यूठान ।
नेकपा एमाले (माधव नेपाल समूह)ले प्यूठानमा समानान्तर कमिटी गठन गरेको छ ।
शनिवार आयोजित अगुवा कार्यकर्ता भेलाले भोजविक्रम बुढामगरको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन भएको हो ।



समानान्तर जिल्ला कमिटीको उपाध्यक्ष कृष्ण रायमाझी र सचिव दिपेन्द्र के.सी. छन् ।
सचिवालय सदस्यहरुमा भगवती राजभण्डारी, गुमानराज पुलामी, तिलबहादुर घर्ती, धर्मराज भण्डारी, सन्तोष वि.क., आर रिजाल, झविलाल राहुँमगर, झगबहादुर बुढामगर, हिमबहादुर के.सी., आरपी राजभण्डारी रहेका छन् ।
अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेपाल समूहका लुम्विनी प्रदेशका इन्चार्ज युवराज ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओली नीति, विधान विपरीत गई स्वेच्छचारी प्रवृत्तिले अगाडि बढेको कारण कम्युनिष्टहरु कलंकित भएको गुनासो गरे ।
भेलामा संविधानसभा सदस्य हिरा बहादुर के.सी. र धन बहादुर रायमाझी, प्रदेश कमिटी सदस्य शोभाराम भण्डारी लगायतका नेताहरूको उपस्थिति थियो ।









