
चितवन ।
चितवनको राप्ती नगरपालिका–११ मा मजदुर बोकेको ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका पाँच जनामध्ये चार जनाको परिचय खुलेको छ ।
राप्ती नगरपालिका–५ का ३५ वर्षका खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षका सीताराम श्रेष्ठको परिचय खुलेको प्रहरीले जनाएको छ ।



दुर्घटनामा ज्यान गुमाएका अन्दाजी २५ वर्षका युवकको भने परिचय खुलेको छैन ।
हिजो बेलुका थाकलटारबाट चिउँडेखोलातर्फ छुटेको ना १ त ६२८२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर चिउँडेखोलामा पल्टिँदा पाँच जनाको ज्यान गएको र १९ जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ ।








