
कपिलवस्तु ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश विश्व विद्यालय स्थापना गर्ने तयारी गरेको मुख्यमन्त्री शंकर पोख्रेलले बताएका छन् ।
कपिलवस्तुको अनिरुद्र पव्लिक माध्यमिक विद्यालयको हिरक महोत्सवमा बोल्दै मुख्यमन्त्री पोख्रेलले उच्च शिक्षाको अध्ययनका लागी टाढा जानु पर्ने बाध्यता भएको क्षेत्रका प्रदेश विश्व विद्यालय स्थापना गरी क्याम्पस संचालन गर्ने बताए ।



विश्व विद्यालय संचालनका लागि सरकारले निति बनाउने काम अगाडी बढाएको छ । प्रदेश सरकारको लगानीमा क्याम्पसको पहुँच नभएका क्षेत्रको अध्ययन गरी ति क्षेत्रमा क्याम्पस स्थापना गर्ने मुख्य मन्त्री पोख्रेलको भनाई छ ।
कार्यक्रममा सम्वोदन गर्दै उनले मधेसमा शिक्षाको पहुँच बृद्धी गर्न सरकारले ध्यान दिएको बताए । प्रदेश सरकारले शिक्षाको पहुँच बढाउँनका लागि कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने छात्रा, दलित तथा मुस्लिम विद्यार्थीलाई छात्रवृतीको व्यवस्था गरेको कारण विज्ञान विषय पढ्ने बालिकाको संख्या तिन गुणा वृद्धी भएको समेत दावी गरे ।
प्रदेशका बाँके र कपिलवस्तु जिल्लामा मुस्लिम बालबालिकाको शिक्षामा पहुँचको लागि सरकारले चासो दिएको उनले बताए ।
कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य धर्मलाल श्रीवात्सव, रिना नेपाल, संविधान सभा सदस्य बलराम अधिकारी, राकेश कुमार पाठक लगायतले विद्यालयको प्रगतीको कामना गरेका थिए ।









