ट्रेन्डिङ

देशैभर धान रोपाइँ सुस्त: सुदूरपश्चिम अगाडि मधेस सबैभन्दा पछाडि, लुम्बिनीमा कति ?

तानसेन वडा नं. ६ द्वारा ४ सय १९ जना जेष्ठ नागरिक तथा लक्षित वर्गलाई सम्मान

वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम सम्पन्न, उत्कृष्ट उद्यमी सम्मानित

तानसेन–१२ मा नवनिर्मित वडा कार्यालय भवन समुद्घाटन

इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द

सरकारी आधिकारिक कागजात मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न तीनै तहका सरकारलाई निर्देशन

बुटवल ३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

तिनाउमा अभिभावक शिक्षा अभियान सुरु, पहिलो दिन १७० जनाको सहभागिता

अभिभावकलाई शिक्षित बनाउँदै तिनाउ : असार १० देखि विशेष कार्यक्रम सञ्चालन हुँदै

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

आज मंगलबार : भगवान् गणेशको पूजा यसरी गर्नुहोस (विधिसहित)


बुटवल ।
कुनै पनि शुभ कार्य गर्दा सवैभन्दा पहिले भगवान गणेशको पूजा गरिन्छ । मंगलाचरणको शुरुवात नै श्री गणेशाय नमः बाट शुरु हुन्छ । भगवान गणेशको पूजा गर्नाले सुख शान्ति र समृद्धि छाउने विश्वास गरिन्छ ।

धन तथा बैभवको हिसावमा मंगलबार शुभ मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ । सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले मंगलबारका दिन भगवान श्रीगणेश र रामभक्त हुनमानको पूजा उत्तम मानिन्छ ।

गणेशको पूजा विधि

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ । जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा (प्रदक्षिणा) पर्दछन् । यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ ।

संकल्प

संकल्प गर्नुपूर्व हातमा जल, फूल वा अक्षता लिनुहोस् । सकंल्प जुन दिन पूजा गर्नुहुन्छ त्यो वर्ष, त्यो वार, तिथि त्यो ठाउँमा आफ्नो नाम लिएर आफ्ना इच्छाहरु प्रकट गर्नुपर्छ । त्यसपछि हातमा लिएको जल जमीनमा छर्किनुपर्छ ।

आह्वान

ॐ गं गणपतये नमः आव्हानयामि स्थापयामि । मन्त्र जपेर गणेशको मूर्तिमा अक्षता चढाउनुपर्छ । आह्वानको अर्थ गणेशलाई आफ्नो घरमा निम्ता गर्नु हो ।

आसन

भगवान गणेशलाई आह्वान गरिसकेपछि ॐ गं गणपतये नमः आसनार्थे पुष्पाणि समर्पयामि । मन्त्र जप्दै उनका लागि आसनका लागि ठाउँ दिनुपर्छ । आसनको अर्थ आह्वान गरिएका गणेशलाई आफ्नो पूजा घरमा विराजमानका लागि ठाउँ दिनु हो ।

पाद्यं (भगवान गणेशका पाउ धुनु)

ॐ गं गणपतये नमः पादयोः पाद्यं समर्पयामि । मन्त्र जप्तदै आफ्नो पूजा कोठामा राखिएको भगवान गणेको मूर्ति अर्थात प्रतिमाको पाउ शुद्ध जलले धुनुहोस् ।

अर्घ (हात धुनु )

आचमनीमा जल, पुष्प, अक्षता लिएर ॐ गं गणपतये नमः हस्तयोस् अघ्र्यं समर्पयामि । मन्त्र जप्दै मूर्तिको हात धुनुपर्छ ।

आचमन (मुख शुद्ध पारिनु)

ॐ गं गणपतये नमः आचमनीयम् जलं समर्पयामि मन्त्र जप्तै आचमनका लागि जल छर्किनुपर्छ । आचमनको अर्थ हुन्छ मुख शुद्ध गर्नु ।

पंचामृतले स्नान

ॐ गं गणपतये नमः पंचामृतस्नानं समर्पयामि । मन्त्रोच्चारण गर्दै पंचामृत से भगवान गणेशको मूतिलाई नुहाउनुपर्छ । पंचामृतमा दूध, दही, घ्यू, मह र शक्करको मिश्रण पर्छन् । यी पाँच चिजको मिश्रणले भगवान गणेशलाई नुहाउनुपर्छ ।

शुद्ध जलले स्नान

ॐ गं गणपतये नमः शुद्धोदकस्नानं समर्पयामि। मन्त्र जप्तै गणेशलाई शुद्ध जलले स्नान गराउनुपर्छ ।

वस्त्र समर्पण

ॐ गं गणपतये नमः वस्त्रोपवस्त्रम् समर्पयामि । मन्त्रोच्चारण गर्दै वस्त्र अर्पित गर्नुपर्छ ।

गन्ध समर्पण

ॐ गं गणपतये नमः गन्धं समर्पयामि। चंदन, रोली, हल्दी, मेहन्दी, अष्टगंध इत्यादिको सुगंधितसहित केही दक्षिण अर्पण गर्नुपर्छ ।

पुष्प अर्पित

ॐ गं गणपतये नमः पुष्पं समर्पयामि । मन्त्र जप्दै भगवान गणेको प्रतिमा तथा मूर्तिमा फूल चढाउनुपर्छ ।

अक्षता अर्पित

ॐ गं गणपतये नमः अक्षताम् समर्पयामि। मन्त्र जप्दै भगवान गणेशको पूजाका लागि बनाइएको अक्षता अर्पण गर्नुपर्छ ।

धूपले पूजा

ॐ गं गणपतये नमः धूपम् आघर्पयामि । मन्त्र जप्दै धूप, अगरबत्तीले पूजा गर्नुपर्छ । हातमा दीप तथा धूप लिएर गणेको पूजा गर्नुपर्छ ।

दीप देखाउनु

ॐ गं गणपतये नम दीपम् दर्शयामि। मन्त्र जपेर दियोले पनि गणेशको पूजा गर्नुपर्छ । हातमा दीप लिएर धूपले पूजा गरेझै बत्तीले पनि पूजा गर्नुपर्छ ।

आरती

ॐ गं गणपतये नमः आरार्तिक्यम् समर्पयामि । मन्त्रसहित भगवान गणेशलाई प्रशन्न बनाउन एकाग्र चित्तले आरती गर्नुपर्छ ।

प्रदक्षिणा

हातमा फूल अक्षता लिएर भगवान गणेशको प्रतिमा वरिपरि परक्रमा गर्नुपर्छ । परिक्रमा गरिसकेपछि उक्त अक्षता तथा फूल भगवान गणेशको मूर्तिमा समर्पित गर्नुपर्छ । उक्त समयमा ॐ गं गणपतये नमः प्रदक्षिणा समर्पयामि। मन्त्रोच्चारण गर्नुपर्छ ।

पुष्पाञ्जलि

ॐ गं गणपतये नमः पुष्पांजलि समर्पयामि । मन्त्रसहित हातमा लिएको फूल तथा अक्षता विघ्न–वाधा नाशक भगवान श्री गणेशलाई समर्पण गर्नुपर्छ ।

नेवैद्य अर्पण
ॐ गं गणपतये नमः नेवैद्यम् निवेदयामि । मन्त्रोच्चारण गर्दै भगवान गणेको पूजाका लागि बनाइएको पंचामृत अर्पण गुर्नपर्छ । भगवान गणेशको पूजामा तुलसी अर्पण गर्नुहुँदैन ।

पंचामृतमा पनि तुलसीको प्रयोग गर्नुहुँदैन । ॐ गं गणपतये नमः फलम् समर्पयामि मन्त्रसहित भगवान गणेशको मूर्तिमा फलफूलहरु अर्पण गर्नुपर्छ । ॐ गं गणपतये नमः मिष्ठान्न भोजनम् समर्पयामि मन्त्रसहित मीठा भोजन तथा मिठाई अर्पण गर्नुपर्छ ।

ॐ गं गणपतये नमः पंचमेवा भोजनम् समर्पयामि मन्त्रको उच्चारण गर्दै कहते हुए पंचमेवा अर्पण गर्नुपर्छ । यी सवै पूवाविधि पूरा गरिसकेपछि । आफूले भूलबस गरेका अर्थात जानी नजानी भएका गल्तीका लागि क्षमा माग्नुपर्छ । एकाग्र तथा एकचित्त भई जीवनमा खुश, शान्ति र समृद्धिको कामना गर्नुपर्छ ।


हनुमानको पूजा विधि

शास्त्रानुसार तपाईंले मंगलबारको दिन हनुमानको पूजा आराधना गर्नुभयो भने धेरै लाभ मिल्छ । सकेसम्म मंगलबारको दिन कुनैपनि हनुमानको मन्दिरमा गएर हनुमान चालीसाको पाठ गर्दा आर्थिक सम्पन्नता बढेर जाने धार्मिक विश्वास छ ।

जीवन भोगाइका समस्या कम गर्न पनि मंगलबार हनुमान मन्दिरमा गएर रामरक्षा स्त्रोत पाठ गर्दा राम्रो हुने विश्वास गरिन्छ ।

मंगलबारको दिन एउटा धागोको बीचमा कागती राखेर एकातर्फ ४ वटा खुर्सानी र अर्को तर्फ ३ ओटा खुर्सानी राखेर व्यवसायिक स्थलमा राख्दा व्यवसाय फस्टाउने र व्यवसाय नाफामा जाने विश्वास गरिन्छ ।भूतप्रेतबाट मुक्तिको लागि पनि आजको दिन शुभ मानिन्छ ।

एउटा रातो सफा कपडामा थोरै सिन्दुर राखेर तामाको पैसा साथै कालो तिल राखेर डल्लो बनाएर प्रेत आत्माले ग्रसित व्यक्तिको शिरमा सात पटक घुमाएर कुनै सुनसान ठाउँमा राख्दा प्रेतआत्मा हट्ने धार्मिक विश्वास छ।

मंगलबारको दिन गर्न नहुने ५ काम

शास्त्रानुसार सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ । मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् ।

मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त कोषिकाहरु मंगलसँग सम्बन्धित हुन्छन् । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग सम्बन्धित मानिन्छ ।

धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् ।

१– मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

२– मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।

३– मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ ।मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।

४– मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।

५– मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।

सम्बन्धित खवर