
गुल्मी ।
गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीमा दुई बालकको खोलामा डुबेर मृत्यु भएको छ ।
मदाने गाउँपालिका–१ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका–५ खुँगका ८ बर्षका गोविन्द विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए ।



बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा डुबेर उनीहरूको ज्यान गएको हो ।
प्युठान गौमुखी गाउँपालिका ५ खुँगकी बिष्णु विक छोरा गोविन्दसहित सोमबार मात्रै माइत सिर्सेनी आएकी थिइन् ।









