
किश्मा खड्का, पाल्पा ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)पाल्पाको १८ औं जिल्ला सम्मेलन संपन्न भएको छ ।
तानसेन स्थित त्रिभुवन बहुमुखी क्याम्पसको महाकवि देवकोटा हलमा संपन्न कार्यक्रमको उद्दघाटन सत्रलाई सम्बोधन गर्दै संगठनका पुर्व केन्द्रीय अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका पाल्पा जिल्ला ईन्चार्ज प्रविणले“वर्तमान शिक्षा प्रणाली उत्पादन मुखि नभएकोले सम्पूर्ण युवा बिद्यार्थीहरु एकीकृत जनक्रान्तिले ठोस गरेको वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागी लाग्नुपर्ने बताए । शिक्षालाई व्यवहारिक बनाउदै प्रत्यक्ष उत्पादन प्रणाली संग जोडेर आत्मनिर्भर बनाउन पार्टीले पहल गरेको उनले बताएका छन् ।



यस्तै नेपाल कम्युनिस्ट पार्टी पाल्पाका जिल्ला सचिव प्रभातले सुभकामना मन्तव्य दिदै “हामिले हतियार नउठाएको,आँफुहरु सित हातहतियार नभएको बताए । विगतमा जे भए त्यो जनता माथि अन्याय र दमन गरिएको कारणले जनताहरुले प्रतिरोध गरेको बताए ।
सम्मेलनले नयाँ जिल्ला कार्यसमिति निर्माण गरेको छ । कार्यसमितिको अध्यक्षमा लंक बहादुर राना सहित १५ सदस्यीय समिति एकमतले पारित गरि निर्वाचित गरेको छ ।









