
अर्घाखाँची ।
असिना र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
मालारानी गाउँपालिका–३ का भरत चौहानका ९ वर्षीय छोरा सौरभ चौहानको चट्याङ
लागेर मृत्यु भएको वडाअध्यक्ष शेभाखर खनालले जानकारी दिए ।



आँगनमा असिना खेलाइरहेका चौहानलाई चट्याङले हानेपछि बेहोस भएका उनको जिल्ला
अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।









