
चुरामणी तिमिल्सीना /गुल्मी ।
रुरु क्षेत्र गाउँपालिका गुल्मीले ३ दिन सम्म सन्चालन गरेको अपांगता परिचय पत्र नवीकरण तथा वितरण कार्यक्रम रुरु प्राथमिक स्वास्थ केन्द्रमा सम्पन्न भएको छ।
शुक्रबार देखि सुरु भएको कार्यक्रम आइतबार समापन गरिएको हो । समापन कार्यक्रममा पालिकाका अध्यक्ष निलककण्ठ गौतमले शिवरबाट अझै पनि ग्रामीण भेगमा अपांगता भएका व्यक्तिहरु रहेकाले पालिकाले विभिन्न ठाउँमा शिविर सन्चालन गर्ने बताए ।



कार्यक्रम संयोजक तथा पालिका उपाध्यक्ष लक्ष्मी देबि पन्थले पालिकामा करिब ४०० जना विभिन्न बर्गका अपांगहरुले राज्यले प्रदान गरेको भत्ता सहजताका साथ पाइरहेको बताईन ।

कार्यक्रममा स्वास्थ शाखा प्रमुख तथा निमित प्रमुख प्रसासकिय अधिकृत छत्रबहादुर अधिकारी, वडा न १ का वडा अध्यक्ष रामलाल बिक , वडा न २ का वडा अध्यक्ष घनश्याम अर्याल ,वडा न ३ का वडा अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक शेषनारायण पौडेल ,प्रहरी नायब निरीक्षक शालिकराम थापा , कार्यपालिका सदस्य भगबति बराल, समिति सदस्य रेणुका पन्थि ,वडा सचीवहरु तथा जनप्रतिनिधिहरुको आथित्यता रहेको थियो।
कार्यक्रम अवधिभर प्राथमिक स्वास्थ केन्द्रका डा विकास पन्थिले अपांगको जाच र वर्गीकरण गरेका थिए । ३ दिन सम्म सन्चालन भएको शिविरबाट २२९ जनाले सेवा लिएका छन् । जसमध्ये १९१ जनाले नवीकरण ३८ जनालाई नया परिचयपत्र हस्तान्तरण गरिएको डा पन्थिले बताए ।









