
काठमाण्डौ ।
त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा एक बजे सुरु हुनेछ ।



नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको छ भने मलेसिया हिजो नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको छ ।
डबल राउन्ड रोबिनका आधारमा हुने सिरिजको शीर्ष दुई टोलीबीच फाइनल खेल हुने छ।








