
काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई आज र भोलि भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउँदैछ।
कोरोना भाइरसको जोखिम कायम रहेकै अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कार्यक्रम सन्चालन गरिएको मन्त्रालयले जनाएको छ।



गत वर्ष कोरोनाका कारण गरिएको लकडाउनले भिटामिन ए खुवाउने तथा अन्य खोप कार्यक्रम समेत प्रभावित भएका थिए। मन्त्रालयले यो वर्ष सबै अभिभावकले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण परिपालन गर्दै बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि तोकिएको ठाउँमा लगेर खुवाउन अनुरोध गरेको छ।
कार्यक्रममा ६ देखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १२ देखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधी खुवाइने मन्त्रालयले जनाएको छ।








