
काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा वर्षा हुने भए पनि बाँकी क्षेत्रमा मौसम सफा रहने छ।
मौसमविद वरुण पौडेलका अनुसार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
हिजो अस्तिजस्तो आज ठूलो पानी नपर्ने पौडेलले बताए।



पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको मात्रै सम्भावना रहेको छ।
राति पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।








