
पाल्पा ।
पाल्पामा एक पुरुष कैदीबन्दीको मृत्यु भएको छ।
पाल्पा कारागार प्रशासनले दिएको जानकारी अनुसार कारागारको शौचालयमा झुण्डिएर कैदीबन्दीको मृत्यु भएको हो।



मृत्यु हुनेमा भिरकोट नगरपालिका ७, स्याङ्जाका ३० वर्षीय किसान गुरुङ रहेका छन्। कैदीबन्दी गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाले बताइन्।
२०७६ साल जेठमा स्याङजा कारागारमा परेका गुरुङ २०७६ सालको माघमा पाल्पा कारागारमा सरुवा भएका थिए। कैदीबन्दी गुरुङले चोरी मुद्दामा पाल्पा कारागारमा सजाय भोग्दै आएका थिए।
गुरुङको शव पोष्ट मार्टम गरि परिवारलाई हस्तान्तरण गर्ने पाल्पा कारागारले जनाएको छ।









