
काठमाडौं ।
सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकबाट यस्तो निर्णय गरिएको हो।
मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले चालू हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए।



मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते विघटन गरेको संसद् सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापित गरिदिएको थियो।
प्रतिनिधिसभाको अधिवेशन शुरू भएको डेढ महिनासम्म पनि संसदले कुनै बिजनेश (काम) अघि बढाउन नसकेपछि हाउस अन्त्य गर्न सरकारमाथि दवाव बढेको थियो।
कार्यपालिका र व्यवस्थापिकाबीच समन्वय हुन नसक्दा प्रतिनिधिसभा कामविहीन बनेको थियो।
संविधान बमोजिम जेठ १५ गते बजेट ल्याउनुपर्छ । संसदको हिउँदे अधिवेशन औचित्यहीन भएपछि बर्खे अधिवेशनका लागि ग्याप राखेर अन्त्य गर्नु उपयुक्त हुने निष्कर्षमा सरकार पुगेको हो।








