
नवलपरासी ।
पश्चिम नवलपरासीमा अवैध हतियार र गोली सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सुस्ता गाउँपालिका–५ निवासी २२ वर्षीय सुनिल भेडियार पाललाई रामनगरबाट १ थान पेस्तोल, सोही पेस्तोलमा लोड भएको १ राउण्ड गोली, नगद ४ हजार १ सय ५० रुपैयाँ र १ थान मोबाइल सहित प्रहरीले सोमबार पक्राउ गरेको हो ।



भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५७ एजेड ५०१९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक पाललाई उक्त हतियार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।









