
सल्यान ।
पौडी खेल्ने क्रममा डुवेर सात वर्षीया बालिकाको मृत्यु भएको छ।
सल्यानको दार्मा गाउँपालिका–३ बेरुखेतकी सात वर्षीया आरोही विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।



मंगलबार दिउँसो साथीहरुसँग दार्मा खोलास्थित बाल्लाई रह भन्ने ठाउँमा पौडी खेल्न गएकी विकको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए।









