
पाल्पा ।
पाल्पामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका ८ जना सहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



पछिल्लो २४ घण्टामा १५ जना पुरुष र ४ जना महिला गरी १९ जनामा कोरोना पुष्टि भएको छ ।
२९ जनाको पिसिआर परीक्षण गरिएकोमा १९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना पुष्टि हुनेहरुमा तानसेन नगरपालिका तथा अस्पतालका ८ जना, रामपुर नगरपालिकाका १ जना, पूर्वखोला गाउँपालिकाका २ जना, रैनादेवी छहरा गाउँपालिकाका ४, बगनासकाली गाउँपालिकाका २ जना,रिब्दीकोट गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।









