
गुल्मी ।
देशैभर कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको बेला गुल्मीमा पनि संक्रमण दरमा वृद्धि भएको छ ।
पछिल्लो तीन महिना शून्य संक्रमणको अवस्था रहेको जिल्लामा अहिले संक्रमितहरु थपिन थालेका छन् । पछिल्लो ३ दिनमा जिल्लामा १६ जना संक्रमितहरु भेटिएका छन् ।



स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानीप्रसाद शर्माका अनुसार मंगलबार साझ सम्ममा जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।
संक्रमितहरु जिल्लाका प्रायः सबै पालिकाहरुको रहेको शर्माले बताए । कोरोना संक्रमण फेरि फैलिएकोले हेलचेक्राइ नगर्न उनले आग्रह गरे ।
सामाजिक दुरि कायम गर्ने, साबुनले हात धुने ,अनिवार्य माक्सको प्रयोग गर्न र भिडभाड नगर्न समेत शर्माले सबैलाई अपिल गरेका छन् ।









