
पाल्पा ।
पाल्पाको माथागढी गाउँपालिका –५ सुर्काबासमा टिपर दुर्घटनामा परी टिपर चालक सल्यानका ३७ वर्षीय भोलाराम बोहोराको मृत्यु भएको छ।
सुनवलबाट माथागढी–५ को चुनढुंगा खानीतर्फ आउँदै गरेको लु २ ख ३६३६ नम्बरको टिपर गोठादी सुनवल सडकखण्डमा बुधबार बिहान करिब ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।



टिपर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले बताएको छ।









