
पाल्पा ।
पाल्पा जिल्लामा एकै दिन थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका ११ जना सहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



बुधबार ३२ जना पुरुष र १२ जना महिला गरी ४४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ९० जनाको पिसिआर परीक्षण गरिएकोमा ४४ जनामा संक्रमण देखिएको हो ।
कोरोना पुष्टि हुनेहरुमा तानसेन नगरपालिका तथा अस्पतालका ११ जना, रामपुर नगरपालिकाका २१ जना, रैनादेवी छहरा गाउँपालिकाका ४, बगनासकाली गाउँपालिकाका १ जना, तिनाउ गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या २ हजार ९९ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
जिल्लामा निको हुनेहरुको संख्या १ हजार ९ सय ६३ पुगेको छ । कोरोनाका कारण अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ९८ रहेको पन्थीले बताए ।









