
काठमाडौं ।
त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटमा नेपाल आज मलेसियासँग भिड्दैछ।
लिग चरणको अन्तिम खेल कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुनेछ।



नेपाल शीर्ष दोस्रो टिममा पर्दै फाइनल प्रवेश गरिसकेको छ भने आज मलेसियालाई पराजित गरेमा शीर्ष स्थानमा पुग्नेछ।
प्रतियोगिताबाट बाहिरिसकेको मलेसिया भने सान्त्वना जितको खोजीमा हुनेछ।
त्रिदेशीय सिरिजमा नेपालले यसअघिका तीनमध्ये दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको छ। हिजोको खेलमा नेदरल्याण्डस् र मलेसियाले बराबरी खेल्दै अंक बाँडेका थिए।
डबल राउण्ड रोबिन लिगका आधारमा भएको खेलमा नेपालले उपाधिका लागि शनिबार नेदरल्याण्ड्सको सामना गर्नेछ।








