
काठमाडौं।
गायक तथा सर्जक कस्तुप पन्तको ‘सिलौटोमा चटनी’ले चर्चा बटुली रहेको छ। लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको गीतमा शब्द तथा संगीत भने पन्तको रहेको छ ।
पन्तको आफ्नै अफिसियल यूटुव च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा रामजी खाण, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रिति आलेले अभिनय गरेका छन्।



शंकर विसीले निर्देशन गरेको भिडियो नेपालकै विभिन्न ठाउँमा खिचिएको र भिडियोमा नेपाली सिलौटो र चटनीलाई देखाउने प्रयास गरिएको छ।
हेर्नुहोस भिडियो :








