
काठमाडौं ।
देशका सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा आज मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू–भागमा आशिक देखि सामान्य बदली र अन्य पहाडी भू–भागहरुमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।



यस्तै आज राति देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही थोरै स्थानमा मेघगर्जन÷चट्टयाङ्ग÷हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मेघगर्जन÷चट्टयाङ्ग÷हावाहुरीसहित वर्षाको सम्भावना रहेका क्षेत्रमा सर्तक हुन विभागले आग्रह गरेको छ ।








