
काठमाडौं ।
नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक आज पनि बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा माधव–झलनाथ समूहका ३२ सांसदलाई सोधिएको स्पष्टीकरणलाई विश्लेषण गर्ने र निर्णय लिने जनाइएको छ।



माधव–झलनाथ समूहलाई पार्टीले सोधेको स्पष्टीकरण र सो समूहले दिएको जवाफबारे पनि बैठकमा छलफल हुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए। एमालेले माधव–झलनाथ समूहका २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई अन्तिम स्पष्टीकरण सोधेको छ।
माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत १९ नेताले बिहीबार स्पष्टीकरणको जवाफ पठाइसकेको भट्टराईले बताए। बैठकमा पार्टीको दशौं महाधिवेशनको तयारीका लागि पनि छलफल हुने भट्टराईले बताए।








