
बुटवल ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा २ सय २७ संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले दिएको जानकारी अनुसार १ सय २८ पुरुष र ९९ महिला संक्रमित थपिएका हुन् । थपिएका संक्रमित मध्य सबैभन्दा बढि बुटवल उपमानगरपालिकाका रहेका छन् ।



बुटवलका मात्रै १ सय १५ जना रहेका छन् । जसमध्ये ५१ महिला र ६४ पुरुष रहेका छन् ।
यस्तै सिद्धार्थनगर नगरपालिकाका २४ पुरुष र १६ महिला गरि ४० जना‚ तिलोत्तमा नगरपालिकाका २४ पुरुष र १९ महिला गरि ४३ जना‚ सैनामैना नगरपालिकाका ७ महिला र ३ पुरुष गरि १० जना नयाँ संक्रमित थपिएका हुन् ।
यस्तै देबदह नगरपालिकामा २ पुरुष र १ महिला गरि ३‚ कञ्चन गाउँपालिकामा ३ पुरुष र १ महिला गरि ४‚ रोहिणी गाउँपालिकामा ४ पुरुष थपिएका हुन् ।
यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका‚ सियारी‚ गैडहवा र सुद्धोधन गाउँपालिकामा १–१ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका संगै जिल्लामा कुल सङ्क्रमितको संख्या १० हजार ४४ पुगेको छ भने ९ हजार ६८ जना निको भएर घर फर्किएका छन् ।
रुपन्देहीमा सक्रिय कोरोना सङ्क्रमितको संख्या ८ सय ११ पुगेको छ ।
जिल्लामा अहिले सम्म १ सय ६५ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।









