
पाल्पा ।
पाल्पामा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका ७ जना सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



८ जना पुरुष र ५ जना महिला गरी १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
४३ जनाको पिसिआर परीक्षण गरिएकोमा १३ जनामा संक्रमण देखिएको हो ।
कोरोना पुष्टि हुनेहरुमा तानसेन नगरपालिका तथा अस्पतालका ७ जना, रामपुर नगरपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका ३, बगनासकाली गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लामा अहिले कुल सक्रिय संक्रमितको संख्या १ सय ३५ पुगेको छ ।









