
पाल्पा ।
पाल्पाको निस्दी गाउँपालिका–५, ढुङ्गानाबेसीमा ट्याक्टरले किच्दा एक जनाको ज्यान गएको छ।
निस्दी गाउँपालिका–४ का १९ वर्षीय टेकबहादुर जर्घामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।



बेलौचीबाट ढुङ्गानाबेसी आउँदै गरेको लु४त ६९८१ नम्बरको ट्याक्टरबाट गएराति पौने ११ बजेतिर उनी खसेको र उनलाई त्यही ट्याक्टरको टायरले किचेको थियो।
उनको घटनास्थलमै मृत्यु भएको पचभैयाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।









