
काठमाडौं ।
प्रि–मनसुन चलिरहेकाले शनिबार बेलुकीपख काठमाडौं उपत्यकासहित देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थानमा र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।



काठमाडौं उपत्यकाका केही स्थानमा पनि बेलुकीपख क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा पानी परेको महाशाखाले जनाएको छ।
दिउँसो यी दुई प्रदेशसहित बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।








