
गुल्मी ।
गुल्मीमा एन्टिजेन पोजिटिभ देखिएका एक पुरूषको मृत्यु भएको छ ।
बैशाख २ मा भारतबाट आएका छत्रकोट गाउँपालिका–३ का ४५ वर्षीय पुरूषको शनिबार राति ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।



भारतबाट आउँदा नै उनमा ज्वरो आएको थियो। बैशाख ३ मा एन्टिजेन परीक्षण पोजिटिभ आएको थियो। उनको स्वाब लिई अहिले परीक्षणका लागि रुपन्देही पठाइएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए।
गुल्मीमा अहिले कोरोना भाइरसका संक्रिय संक्रमित २७ जना रहेका छन्। अहिलेसम्म जिल्लामा १५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।









