
नेपालगञ्ज ।
बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।
डाक्टर, नर्ससहित अस्पतालका ९० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल एक साताका लागि बन्द गरिएको हो ।



अस्पताल प्रशासका अनुसार वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सबै सेवा बन्द हुने छन् । बाँकेमा कोरोना संक्रमित संख्या उच्च रहेको छ ।
कोरोना संक्रमित बढेसँगै बाँकेलगायत खुला सीमा नाका भएका क्षेत्रका अस्पतालमा बेडसमेत अभाव हुन थालेको छ ।
कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ ।









