
पाल्पा ।
पाल्पामा पछिल्लो २४ घण्टामा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ६ जना महिला र ९ जना पुरुष गरी थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।



४६ जनामा पिसिआर परीक्षण गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा आसपास क्षेत्रका अस्पतालमा ८ जना, माथागढी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा १ जना, बगनासकाली गाउँपालिकामा १ जना, तिनाउ गाउँपालिकामा २ जना, रिब्दीकोट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या १ सय ५२ रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।









