
बुटवल ।
पछिल्लो २४ घण्टामा रुपन्देहीमा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार ८२ जना महिला र १२२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।



आज थपिएका मध्ये बुटवल उपमहानगरपालिकामा मात्रै ९६ जना रहेका छन् ।
यस्तै तिलोत्तमा नगरपालिकामा ५०, सिद्धार्थनगर नगरपालिकामा ३०, सैनामैना नगरपालिकामा १०, ओमसतिया गाउँपालिकामा ५ जना ,
गैडहवा गाउँपालिकामा ४ जना, मायादेवी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा २/२ जना, सियारी गाउँपालिका, रोहिणी गाउँपालिका,
लुम्बिनी सांस्कृतिक नगरपालिका र देवदह नगरपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देहीमा अहिले १ हजार २४६ जना संक्रिय संक्रमितहरु रहेका छन् ।









