
काठमाडौं ।
नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको २२ औं स्मृति दिवस आज मनाइँदैछ।



पूर्वअध्यक्ष अधिकारीको स्मृतिमा एमालेले आज विभिन्न कार्यक्रम गर्दै छ । अधिकारीको २०५६ सालको वैशाख १३ गते निधन भएको थियो।
अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए।
अधिकारीपछि पाँच जना कम्युनिष्टले सरकारको नेतृत्व गरिसकेका छन्। तर अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेका कामको बढी चर्चा हुने गरेको छ।
अधिकारी नेतृत्वको सरकारले बृद्ध भत्ता वितरण गर्न सुरु गरेको थियो आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम पनि सोही सरकारले ल्याएको थियो ।








