
काठमाण्डौ ।
काठमाण्डौ उपत्यकामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा घोषणा गरिएको छ ।
सोमवार बसेको काठमाण्डौ उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरेको हो ।



निषेधाज्ञा अवधिमा सार्वजनिक र निजी दुवै गाडी नचल्ने प्रशासन कार्यालयले निकालेको विज्ञप्तिमा जनाइएको छ ।
अत्यावश्यक ढुवानीका सवारी साधन बाहेक अन्य सवारी साधनलाई काठमाण्डौ उपत्यका प्रवेशमा रोक लगाउने निर्णय पनि गरिएको छ ।
बैठकले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना आदि सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।
यस्तै विवाह, ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको पालना गर्ने गरी जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिएर मात्र गर्न पनि आदेश जारी गरिएको छ ।








