
पाल्पा ।
पछिल्लो २४ घण्टामा पाल्पामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ७ जना महिला र १९ जना पुरुष गरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



६७ जनामा पिसिआर परीक्षण गरिएकोमा २६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
आज थपिएका मध्ये तानसेन नगरपालिका तथा आसपास क्षेत्रका अस्पतालमा १५ जना, माथागढी गाउँपालिकामा २ जना, पूर्वखोला गाउँपालिकामा १ जना,
रेनादेवी छहरा गाउँपालिकामा ३ जना, बगनासकाली गाउँपालिकामा १ जना, तिनाउ गाउँपालिकामा २ जना, रिब्दीकोट गाउँपालिकामा २ जना रहेका छन् ।
यो सँगै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या १ सय ६४ पुगेको छ । कोरोना संक्रमण बाट जिल्लामा अहिलेसम्म ३९ जनाको मृत्यु भएको छ ।









