
काठमाडौं ।
नेपालभरका ९३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले जानकारी दिए।



सोमबारसम्म नेपालभरिका ९३ प्रहरीहरू संक्रमित भइसकेको उनले बताए।
’हाम्रोमा संक्रमित संख्या शून्य भइसकेको थियो। अहिले फेरि देखिन थालेको हो,’ एसएसपी कुँवरले भने,’ अहिले उनीहरूको उपचार हुने काम भइरहेको छ।’
महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतका कार्यालयमा पनि २२ जनामा संक्रमण देखिएको रानिपोखरीका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरले बताए।
कोरोना संक्रमणकै कारण केही प्रहरी अधिकारीहरूको मृत्युसमेत भइसकेको छ।
पछिल्लो केही दिन यता नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ।








