
काठमाडौं ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द हुने भएको छ ।
मंगलबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै आगामी वैशाख १६ गतेदेखि बन्द हुने जानकारी दिएको हो ।



‘विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारीका कारण वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ ।
यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं’ प्रवक्ता डा.लोकनाथ भुसालद्वारा जारी सूचनामा भनिएको छ ।









