
बुटवल ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४१९ जना कोरोना संक्रमित थपिएका छन् । ६४० जनाको परीक्षण गर्दा ४१९ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
आज थपिएका संक्रमित मध्ये बुटवल उपमहानगरपालिकाका मात्रै २१३ जना रहेका छन् ।



यस्तै तिलोत्तमा नगरपालिकामा १०८, सिद्धार्थनगर नगरपालिमामा ४३, सैनामैना नगरपालिकामा १६,देवदह नगरपालिकामा १४,शुद्धोधन गाउँपालिकामा ७, सम्मरीमाई गाउँपालिकामा ५ जना,
कञ्जन गाउँपालिकामा ४, सियारी गाउँपालिकामा २, ओमसतिया गाउँपालिकामा २, गैडहवा गाउँपालिका , मायादेवी गाउँपालिका, रोहिणी गाउँपालिका र
लुम्बिनी सांस्कृतिक नगरपालिकामा १÷१ जनामा संक्रमण भेटिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप जिल्लामा २ जना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा अहिले १ हजार ८८७ जना संक्रिय संक्रमितहरु रहेका छन् ।









