
नेपालगञ्ज ।
बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचारको क्रममा नेपालगञ्ज–१७ की ३९ वर्षीया महिला र नेपालगञ्ज–१२ का ६५ वषीय पुरुषको मृत्यु भएको हो ।



३९ वर्षीया महिलाको वैशाख ८ गते पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट संक्रमण पुष्टि भएको थियो ।
उपचारको क्रममा मंगलबार राति १०ः३० बजे उनको मृत्यु भएको ओलीले बताए ।
कोरोना संक्रमण भएर वैशाख ६ गते अस्पताल भर्ना भएका ६५ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार बिहान २ः३० बजे मृत्यु भएको उनले बताए ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।









