
बुटवल ।
रुपन्देहीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप तीन संक्रमितको मृत्यु भएको हो।



मृत्यु हुनेमा दुई पुरुष र एक महिला छन्।
बुटवल उपमहानगरपालिका–११ का ३१ वर्षीय पुरुषको बिहीबार बिहान साढे २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले बताए।
त्यस्तै, बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान २ बजेर ४५ मिनेटमा मृत्यु भएको उनले जानकारी दिए।
यस्तै मायादेवी गाउँपालिका–६ की ७२ वर्षीया महिलाको आजै बिहान ३ बजे मृत्यु भएको छ।









