
नेपालगञ्ज ।
बाँकेमा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।



उनीहरु सबैको बिहिबार बाँके अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिला, वडा नं १३ निवासी ५० वर्षीय पुरुष र खजुरा गाउँपालिका–२ निवासी ६७ वर्षीया महिला रहेका छन्।
यस्तै बाँकेमा उपचारका लागि आएका बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ३२ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका वडा नं १ कैलाली निवासी ४३ वर्षीय पुरुष र टीकापुर नगरपालिका कैलाली निवासी ५१ वर्षीय महिला रहेका छन्।
यससँगै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय १० पुगेको छ।









