
रोल्पा ।
रोल्पामा चट्याङ्ग लागेर एक बालकको ज्यान गएको छ । दुई वटा घर जलेका छन् ।
चट्याङ्ग लागेर सुनछहरी गाउँपालिका–७ जेलबाङका ९ वर्षका अभिशेख पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए ।



गाउँपालिका केन्द्र पोबाङबाट आमासँग घर जाँदै गर्दा जङ्गलमा चट्याङ्ग लागेर बालकको ज्यान गएको र आमालाई सामान्य चोट लागेको उनले जानकारी दिए ।
चट्याङ्गबाट आगो लाग्न सुरु हुँदा परिवर्तन गाउँपालिका–२ बागमाराका अमन कुमारी राना र त्रिवेणी गाउँपालिका–२ दहवनका कृष्ण केसीको घरमा आगलागी भएको छ ।
आगलागीबाट घरसहित घरमा भएका सामान जलेर नष्ट भएका छन् ।









