
बुटवल ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा ८४६ जनाको कोरोना परीक्षण गर्दा ४५९ जनामा संक्रमण पुष्टी भएको हो ।



थपिनेमा बुटवल उपमहानगरपालिकामा २१६, तिलोत्तमा नगरपालिकामा ८७, सिद्धार्थनगर नगरपालिकामा ७३, देवदह नगरपालिकामा २०,
सैनामैना नगरपालिकामा १६, कन्चन गाउँपालिका र सुद्धोधन गाउँपालिकामा ८/८ जना, सियारी गाउँपालिका र ओमसतिया गाउँपालिकामा ७/७,
मायादेवी गाउँपालिकामा र गैडहवा गाउँपालिका, रोहिणी गाउँपालिका, कोटहिमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा २/२ जना र मर्चवारी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पु्ष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
यस्तै बितेको २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९१ पुगेको छ ।
साथै जिल्लामा अहिले २ हजार ९३० जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।









