
काठमाण्डौ ।
आज पनि बेलुकीपख देशका केही ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश–१ र सुदूरपश्चिमका केही ठाउँहरुमा मौसम बद्ली भइ चट्याङ्ग परिरहेको छ ।



आज दिनभरजसो नै देशभर आंशिकदेखि सामान्य बद्ली रहनेछ । बेलुकीपख भने काठमाण्डौ उपत्यकासहित पहाडी र तराईका केही थोरै ठाउँहरुमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।
आज राति पनि प्रदेश–१ लगायत पहाडका केही ठाउँमा मेघगर्जन÷चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ।
आउँदो तीन दिनसम्म नै देशका पहाडी ठाउँहरुमा मौसम बद्ली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गको भनाई छ ।








