
पाल्पा ।
पाल्पा जिल्लामा पछिल्लो २४ घण्टामा थप २८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १९ जना पुरुष र ९ जना महिला गरी थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



५६ जनामा पिसिआर परीक्षण गरिएकोमा २८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा आसपास क्षेत्रका अस्पतालमा २३ जना, रामपुर नगरपालिकाका, रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका एक÷एक जना, बगनासकाली गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो ।
अहिले कुल सक्रिय संक्रमितको संख्या ३ सय ९८ पुगेको छ । जिल्लामा ३ सय ७५ जना होम आइसोलेसनमा रहेका छन् भने २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
कोरोनाका कारण अहिलेसम्म पाल्पामा ४० जनाको मृत्यु भै सकेको छ ।









