
भैरहवा ।
रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा ४ सय ३२ जना संक्रमित थपिएका छन् ।
थपिएका मध्ये सबै भन्दा बढी बुटवल उपमहानगरपालिकामा मात्र ९१ जना महिला र १ सय १४ जना पुरुष गरि २ सय ५ जना , सिद्धार्थनगर नगर पालिकामा २१ महिला र ४४ पुरुष गरि ६५ जना, तिलोत्तमा नगरपालिकामा ३६ महिला र ३६ पुरुष गरि ७२ जना, देवदह नगरपालिकामा ६ जना महिला र १७ जना पुरुष गरि २३ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकमा उल्लेख छ ।



रुपन्देही जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८२ पुगेको छ । रुपन्देहीमा कोरोनाको ग्राफ दैनिक रुपमा बढ्दो रहेको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीको सम्मरीमाई गाउँपालिका बाहेक अन्य सबै १५ वटै स्थानिय तहमा संक्रमित भेटिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीमा मात्रै थप ९ जना कोरोना संक्रमितकाृ मृत्यु भएको छ । स्वस्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्यांक अनुसार यो संगै रुपन्देहीमा अहिले सम्म मृत्यु हुनेको संख्या २ सय पुगेको छ ।










