
काठमाण्डौ ।
आज चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७८ मनाइँदै छ ।
नेपाल सरकारले समृद्ध नेपालको आधार सूचना तथा सञ्चार प्रविधिको विस्तार भन्ने नाराका साथ यो वर्षको दिवस मनाउँदै छ।



सूचना तथा सञ्चार प्रविधिको विकास र प्रवर्द्धन गर्न हरेक वर्ष मे २ तारिखमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने गरिएको छ ।
दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यो दिवसले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सहयोग गर्ने बताए ।
उनले डिजिटल पूर्वाधार तथा प्रविधिको विकास र विस्तार गरी अर्थतन्त्रमा सञ्चार तथा सूचना प्रविधिको योगदान बढाउन र सुशासन, समृद्धि र विकासका लागि सरकारले डिजिटल फ्रेमवर्क कार्यान्वयनमा ल्याएको बताए ।
कोरोना महामारीको समयमा सूचना प्रविधिको माध्यमबाट सचेतना जगाउने कार्यमा सफलता प्राप्त भएको भन्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको बढ्दो प्रयोग,निरन्तर विकास, विस्तार एवं गतिशीलताबाट प्राप्त अवसरहरुलाई सदुपयोग गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले सूचना प्रविधिको विकाससँगै हुनसक्ने दुरुपयोगलाई पनि रोक्न सक्नुपर्नेमा जोड दिए ।








